Logo

रियल मड्रिड च्याम्पियन्स लिगकाे क्वाटरफाइनलमा



स्पेन, २ चैत । स्पेनिस क्लब रियल मड्रिड यूईएफए च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुधवार राति भएको दोस्रो लेगमा इङ्ग्लिस क्लब लिभरपुललाई १-० गोल अन्तरले हराउँदै समग्रमा ६-२ गोल अन्तरको जितसहित रियल मड्रिड अन्तिम ८ मा पुगेको हो ।

पहिलो लेगमा रियल मड्रिडले लिभरपुललाई ५-२ गोलको फराकिलो अन्तरले हराएको थियो । बुधवार राति घरेलु मैदान सान्टियागो बर्नबेउमामा भएको खेलमा रियल मड्रिडका लागि करिम बेन्जिमाले गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्