Logo

प्रधानमन्त्रीद्वारा नेपाली क्रिकेट टाेलीलाई बधाई



काठमाडौँ, २ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्व कप क्रिकेटको छनोटमा पुग्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् ।

आईसीसी क्रिकेट विश्व कप लिग टू अन्तर्गत आज त्रिवि क्रिकेट मैदानमा यूएईसँग भएको खेलमा ‘डकवर्थ लुइस’ नियमका आधारमा नेपाल विजयी भएको हो ।

प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जाल फेसबुक, ट्विटरमार्फत् खुशी व्यक्त गर्दै खेलाडीहरुलाई बधाई दिएका छन् ।

‘लिगका खेलहरुमा उच्च कौशलता प्रदर्शन गर्दै नेपालको स्वाभीमान र गौरव उँचो राख्न सफल भएकोमा उच्च प्रशंसासहित नेपाली क्रिकेट टिम, प्रशिक्षक, क्यानलगायत हामी सबैलाई बधाई !’ उनले लेखेका छन् ।

उनले नेपाली क्रिकेट टिम, प्रशिक्षक, क्यानलगायत सबैलाई शुभकामना दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्