Logo

बिर्तामोड ७ र १० मा खेलकुद समिति गठन



बिर्तामोड, १३ चैत । बिर्तामोडको वडा नम्बर ७ र १० मा वडा खेलकुद समिति गठन गरीएको छ ।

नगर खेलकुद विकास समितिले नगरका सबै वडामा पुगेर वडा समिति गठन गर्दै आएको हो ।

वडा नम्बर ७ मा नरेश संग्रौलाको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरीएको छ । समितिको उपाध्यक्षमा दिपक कार्की, बबिता श्रेष्ठ, सचिव विशाल लिम्बु र सदस्यहरु सरोज बराल, विजय रसाईली, सन्दीप टुडु, इशार्द महोम्मद, गंगा संग्रौला, सुदेश मगर र टिका सुव्वा रहेका छन् ।

यस्तै वडा नम्बर १० मा सुरेन्द्र तुम्रोकको अध्यक्षतामा १० सदस्यीय समिति गठन गरीएको छ । जसको उपाध्यक्षमा खड्गबहादुर गुरुङ्ग, समिर कटुवाल, सचिवमा नरेन तामाङ्ग र सदस्यहरुमा सरन गुरुङ्ग, जीवन राई, दुर्लभ तिवारी, अरुण गुरुङ्ग र  विमल कन्दङ्गवा रहेका छन् ।

यस समितिमा २ जना पछि मनोनित गरिने नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरीले जानकारी दिए ।

वडा समिति निर्माणमा वडा नम्बर ७ मा वडाध्यक्ष कृष्णप्रसाद खरेल (अविरल), नगर उपाध्यक्ष आइतमाया शेर्मा लिम्बु लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि र स्थानीय खेलाडीहरुको उपस्थिति रहेको थियो ।

यस्तै वडा नम्बर १० मा वडाध्यक्ष दुर्योधन गुरुङ्ग, नगर अध्यक्ष विकास गिरी, उपाध्यक्ष सन्तोष गुरुङ्ग, सचिव विसन लिम्बु लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि र स्थानीय खेलाडीहरुको उपस्थिति रहेको थियो ।

अब बाँकी रहेका वडाहरु ५ र ६ मा पनि चाँडै समिति गठन गरिने नगर खेलकुद विकास समितिका सचिव विसन लिम्बुले बताए । समिति गठन गरिएका सबै वडामा सर्वसम्मत रुपमा समिति गठन गरीएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्