Logo

चेल्सीका मुख्य प्रशिक्षक ग्राहम पोटर बर्खास्त



बेलायत, २० चैत । चेल्सीले मुख्य प्रशिक्षक ग्राहम पोटरलाई बर्खास्त गरेको छ ।

इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले लगातार खराब प्रदर्शन गरेपछि प्रशिक्षक पोटरलाई बर्खास्त गरेको हो ।

उनी प्रशिक्षक भएको ७ महिनामै बर्खास्तीमा परेका हुन् । उनको नेतृत्वमा भएको खेलमा चेल्सीले ३१ मा ११ खेलमा हार बेहोरेको छ ।

थोमस टुचेललाई बर्खास्त गरेपछि गएको सेप्टेम्बरमा चेल्सीले उनलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । उनी बर्खास्त भएपछि चेल्सीले अब नयाँ प्रशिक्षकको खोजी सुरु गरेको छ ।

चेल्सी इङ्लिस प्रिमियर लिग फुटबलको ११औँ स्थानमा छ । उसले ३८ अङ्क जोडेको छ । पछिल्लो खेलमा पनि चेल्सी पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्