Logo

आफ्नो एसईई परीक्षा दिन लगाउने मेयरविरुद्ध पक्राउ पुर्जी जारी



रौतहट, २४ चैत । रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

साहविरुद्ध जिल्ला अदालत रौतहटले पक्राउ पुर्जी जारी गरेको प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी निरीक्षक दिनेशबहादुर कुँवरले जानकारी दिए ।

माध्यमिक शिक्षा परीक्षा (एसईई)का परीक्षार्थी रहेका मेयर साहको सट्टामा नक्कली परीक्षार्थीले परीक्षा दिइरहेको पाइएपछि जिल्ला अदालतले मेयर कानुविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको हो ।

यसअघि गएको आइतवार उनको सट्टा एसईई दिँदै गरेको आरोपमा प्रहरीले गरुडा नगरपालिका वडा नम्बर ६ पोठियाहीका कमल साहलाई पक्राउ गरिएको थियो । अनुसन्धानका क्रममा प्रेमलाल साह कानुको नाम आएकोले उनीमाथि पनि छानबिन गर्न पक्राउ पुर्जी जारी गराइएको प्रहरी निरीक्षक कुँवरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्