Logo

एसीसी प्रिमियर कपका लागि नेपाली टाेलीकाे घाेषणा



काठमाडौँ, ३ वैशाख । नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसीसी प्रिमियर कपका लागि १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ ।

आउँदो मङ्गलवारदेखि हुने प्रतियोगिताका लागि क्यानले आइतवार १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।

प्रतियोगितामा नेपालले रोहित पौडेलको कप्तानीमा खेल्नेछ । टोलीमा पौडेलसँगै कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी र ललित राजवंशी रहेका छन् ।

यस्तै अर्जुन साउद, सन्दीप जोरा, सूर्य तामाङ र किशोर महतोलाई ‘रिजर्भ’ खेलाडीमा राखिएको छ ।

एसीसी प्रिमियर प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।

समूह ‘ए’ मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरब रहेका छन् । समूह ‘बी’ मा यूएई, हङकङ, कुवेत, सिङ्गापुर र बहराइन छन् ।

प्रतिक्रिया दिनुहोस्