Logo

मेचीनगरमा भोलिदेखि अन्तर वडा फुटसल प्रतियोगिता हुँदै



मेचीनगर, ५ वैशाख । नयाँ वर्षको अवसर पारेर मेचीनगरको धुलाबारीमा मेचीनगरस्तरीय अन्तरवडा फुटसल प्रतियोगिता हुने भएको छ ।

आयोजक धुलाबारी फुटसल एरिनाले मंगलबार पत्रकार सम्मेलन गरेर भोलिबाट प्रतियोगिता सुरु हुने जानकारी दिएको हो ।

आयोजक तथा एरिनाका सञ्चालक विवेक बस्नेतका अनुसार प्रतियोगितामा मेचीनगरका १० वटा वडाको सहभागिता रहनेछ । प्रतियोगिता बैशाख ९ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताको विजेताले नगद ३० हजार, ट्रफी तथा मेडल र उपविजेताले नगद १५ हजार, ट्रफी र मेडल प्राप्त गर्ने प्रतियोगिताको सह-आयोजक हलेसी मेडिकल हलका सञ्चालक सोमनाथ ओझाले जानकारी दिए । प्रतियोगिताका विभिन्न विधाका उत्कृष्ट खेलाडीले नगद पुरस्कार पाउने छन् ।

धुलाबारी फुटसल एरिनाले आफ्नो स्थापनाकालदेखि नै विद्यार्थी, संघसंस्था र युवालक्षित विभिन्न प्रतियोगिता सञ्चालन गर्दै आएको छ । प्रतियोगिता सम्पन्न गर्न दुई लाख २५ हजार रुपैयाँ खर्च अनुमान गरिएको बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्