Logo

लक्ष्मीनारायण विद्यालयको पुस्तकालय उद्घाटन



झापा, ५ जेठ । बिर्तामोड नगरपालिका वडा नं.१० स्थित श्री लक्ष्मीनारायण आधारभूत विद्यालयमा निर्माण गरिएको पुस्तकालयको शुक्रबार उद्घाटन गरिएको छ ।

नेदरल्यान्डसको थाङ्ग फाउन्डेसनले निर्माण गरेको उक्त पुस्तकालयको उद्घाटन आज एक कार्यक्रमकाबीच थाङ्ग फाउन्डेसनकी प्रमुख मारिलिन फिसर भरभर्जले रिबन काटेर गरेकी हुन् ।

थाङ्ग फाउन्डेसनले निर्माण गरेको उक्त पुस्तकालय करिव आठ लाख रुपैयाँको लागतमा निर्माण गरिएको विद्यालयका प्रधानाध्यापक जनकबहादुर थापाले जानकारी दिए ।

उक्त पुस्तकालय उद्घाटन समारोहमा बिर्तामोड नगरपालिका वडा नम्वर १० का वडाध्यक्ष दुर्योधन गुरुङ्ग, वडा सदस्य धनमाया श्रेष्ठ, सहारा नेपाल साकोसका उपाध्यक्ष ज्ञानुनाथ मैनाली, शिक्षक अभिभावक संघका अध्यक्ष पूर्णप्रसाद सुवेदी, मोती मावि कञ्चनकवलका प्रधानाध्यापक छविलाल बस्नेत, विद्यालयका सल्लाहकार समितिका सदस्य तुलसीप्रसाद सुवेदी, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु रेनुका पाण्डे, कृष्णकुमारी डाँगी, गंगा बजगाईं लगायतको उपस्थिति रहेको थियो ।

उक्त अवसरमा बोल्दै फाउन्डेसनकी प्रमुख मारिलिनले विद्यालयमा आएर सहयोग गर्न पाउँदा धेरै खुसी लागेको र आगामी समयमा पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेकी थिइन् ।

अभिभावक र विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक जनकबहादुर थापाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्