Logo

सङ्घीय शिक्षा विधेयक चाँडै पेस हुने आशा छ: सभामुख



काठमाडौँ, ३२ जेठ । प्रतिनिधिभसभाका सभामुख देवराज घिमिरेले सरकारले सङ्घीय शिक्षा विधेयक चाँडै सदनमा पेस गर्ने अपेक्षा व्यक्त गरेका छन् ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ, नेपाल (हिसान) र कान्तिपुर पब्लिकेसन्स लिमिटेडको संयुक्त आयोजनामा आजदेखि भृकृटीमण्डपमा सुरु भएको ‘आठौँ कान्तिपुर हिसान एडुफेयर’को आज उद्घाटनमा सभामुख घिमिरेले शैक्षिक क्षेत्रमा चासो र प्रतीक्षा भएकाले उक्त विधेयक चालु अधिवेशनमै आउनेमा आशा व्यक्त गरेका हुन् ।

उनले नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक केन्द्र बनाउन सरकारी र निजी क्षेत्रबाट समन्वयको खाँचो औँल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्