Logo

विश्वविद्यालयका शैक्षिक गतिविधि निर्धारित समयमै हुनुपर्छ: प्रधानमन्त्री



काठमाडौँ, १२ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयका शैक्षिक गतिविधि निर्धारित समयमै हुनुपर्ने बताएका छन् ।

मंगलबार दिउँसो त्रिभुवन विश्वविद्यालय सभाको ६४ औँ वार्षिक दिवसको बैठकमा शैक्षिक क्यालेन्डर दृढतापूर्वक लागु गर्न निर्देशन दिए ।

प्रधानमन्त्रीले विद्यार्थी र अभिभावकहरूको समय, खर्च र भविष्यको सुरक्षा गर्नु विश्वविद्यालयका पदाधिकारीहरूको आधारभूत दायित्व भएको बताए ।

‘‘विश्वविद्यालयको आफ्नो निश्चित शैक्षिक पात्रो बनाई सोहीअनुसार समयभित्रै पठनपाठन सम्पन्न गरी नतिजासमेत प्रकाशित गरी विद्यार्थी र अभिभावकहरूको समय, खर्च र भविष्यको सुरक्षा गर्न विश्वविद्यालयका पदाधिकारीहरूलाई विशेष रूपले निर्देशित गर्दछु,’’ प्रधानमन्त्रीले भने ।

प्रतिक्रिया दिनुहोस्