Logo

बालिका बलात्कारको आरोपमा १५ वर्षीय किशोर पक्राउ



सल्यान, २९ पुस । ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सल्यानमा १५ वर्षीय किशोर पक्राउ परेका छन् ।

शारदा नगरपालिका-६ सापमाराकी बालिका बलात्कार गरेको आरोपमा प्रहरीले किशोरलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी नविन कार्कीका अनुसार आफन्त पर्ने किशोरले बालिकालाई ललाई फकाई गरेर आफ्नै घरमा लगी गत पुष ७ गते बलात्कार गरेको खुलेको छ ।

आफन्तले जाहेरी दिएपछि किशोरलाई घरबाटै पक्राउ गरिएको हो । पक्राउ परेका किशोरलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । आइतबार नै जिल्ला अदालत सल्यानबाट म्याद थप गरेर घटनाको थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्