Logo

बसले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु



स्याङ्जा, १ माघ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका-७ आँधीमुहानको ड्याम नजिकै बसले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु भएको छ ।

बिहान पौने नौ बजे जयपतेबाट रिडितर्फ जाँदै गरेको ग १ ख ४१५० नम्बरको बसले पैदलयात्रु ३० वर्षीय अजित बोटेलाई ठक्कर दिएको थियो ।

सोही ठाउँका बोटेको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी इन्द्रबहादुर रानाले जानकारी दिए । उनका अनुसार बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्