Logo

प्रधानमन्त्री कप क्रिकेट: एपीएफकाे लगातार दाेस्राे जित



काठमाडौँ, १ माघ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लब लगातार दोस्रो खेलमा विजयी भएको छ ।

आज भएको खेलमा एपीएफले कोशी प्रदेशलाई ६ विकेटले हराएको हो ।

कोशीले दिएको १ सय ३६ रनको लक्ष्य एपीएफले १९ ओभर १ बलमा ४ विकेट गुमाएर भेटायो । एपीएफका कप्तान रोहित पौडेलले ८० रन बनाए । कोशीका फिर्दोश अन्सारी, कमल खत्री, समिर कार्की र सोनु मण्डलले समान १ विकेट लिएका थिए ।

यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कोशी ४४ ओभर ३ बलमा १ सय ३५ रनमा अल आउट भयो । कोशीका फिर्दोश अन्सारीले सर्वाधिक ५५ रन बनाए । एपीएफका अविनाश बोहरा र कप्तान रोहित पौडेलले समान ३ विकेट लिएका हुन् ।

यो जितसँगै एपीएफ ४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । प्रतियोगितामा कोशीको लगातार दोस्रो हार हो ।

प्रतिक्रिया दिनुहोस्