Logo

युक्रेनले ड्रोन आक्रमण गरेपछि रुसको भोरोनेजमा आपत्कालीन अवस्थाको घोषणा



रुस, २ माघ । युक्रेनले ड्रोन आक्रमण गरेपछि रुसको भोरोनेज सहरमा आपत्कालीन अवस्थाको घोषणा भएको छ ।

युक्रेनले लगातार आक्रमण गरेपछि आपत्कालको घोषणा गर्नु परेको भोरोनेज सहरका मेयर वादिम कस्टेनिनले बताएका छन् ।

आक्रमणबाट भएको क्षति र त्यसको मूल्याङ्कन एक आयोगले गर्ने पनि उनले जानकारी दिएका हुन् । ड्रोन आक्रमणका कारण विस्थापित भएकाहरूलाई स्कुलमा राखिएको छ ।

यसअघि वोरोनेज क्षेत्रमा युक्रेनले लगातार गरेका ड्रोन आक्रमणलाई रुसी प्रतिरक्षा प्रणालीले ध्वस्त बनाइदिएको थियो । रुसी रक्षा मन्त्रालयले वोरोनेज क्षेत्रमा तीन वटा युक्रेनी ड्रोन खसालेको जानकारी दिएको छ । केही महिनायता रुस र युक्रेन एकअर्काले आक्रमणलाई तीव्र बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्