Logo

जनतामा निराशा बाँड्ने काम रोक्नुपर्छ: उपमहासचिव पुन



रोल्पा, २ माघ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले जनतामा निराशा बाँड्ने काम रोकिनुपर्ने बताएका छन् ।

गृहजिल्ला रोल्पाको माडीचौर रंगशालामा मंगलबार आयोजित माघे संक्रान्ति महोत्सव तथा खेलकुद कार्यक्रममा बोल्दै पुनले निराशा बाँडेर मुलुकको विकास र समृद्धि नहुने बताएका हुन् । नकारात्मकता र निशारा बाँड्नेहरुको समाज बदल्न र मुलुकको नेतृत्व गर्न नसक्ने उनको भनाइ थियो ।

पुनले पछिल्लो समय मुलुकमा धेरै राम्रा कामहरु पनि भएको भन्दै नकारात्मकता हाबी भएका कारण साकारात्मक कामहरुले कम चर्चा पाएको उल्लेख गरेका थिए । उनले आफ्नो दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको एक वर्षे कार्यकालमा धेरै राम्रा कामहरु भएको र अर्को एक वर्ष थप काम गर्ने प्रयत्नमा प्रधानमन्त्री लागिपरेको बताए ।

प्रधानमन्त्रीको बितेको एक वर्षे कार्यकाल सुशासन र भ्रष्टाचार नियन्त्रणमा सम्झनलायक भएको दाबी उनले गरे । पुनले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम ठूलाबडाको पहुँचका आधारमा नभई मुलुक र जनताको आवश्यकताका आधारमा तय हुने बताए ।

प्रधानमन्त्रीले अहिल्यैदेखि त्यस दिशामा काम अघि बढेको भन्दै पहिलोपटक व्यापक जनसहभागितामा विकासका योजना छनौट गर्ने तयारी भइरहेको जानकारी उनले दिए ।

प्रतिक्रिया दिनुहोस्