Logo

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै



काठमाडौँ, ३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । पार्टीको आर्थिक र प्रशासनिक नियमावली, विभागीय नियमावली, विभागहरूको कार्यप्रगति विवरण लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको छ ।

केन्द्रीय कार्यालयमा बस्ने बैठकमा पार्टीले गर्न लागेको विकास आयोजनामा पदयात्राका विषयमा पनि छलफल हुनेछ । रास्वपाले २१ विकास आयोजनामा पदयात्रा गर्ने तयारी गरिरहेको छ । विकास निर्माणका कार्यमा सरकारलाई दबाब दिन पदयात्रा गर्न लागिएको नेताहरूले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्