Logo

इजरायल र हमासबीच गाजामा मानवीय सहायता उपलब्ध गराउने सम्झौता



इजरायल, ३ माघ । इजरायल र हमासले युद्धग्रस्त गाजामा थप मानवीय सहायता उपलब्ध गराउने सम्झौता गरेका छन् ।

कतार र फ्रान्सको मध्यस्थतामा भएको सम्झौताअनुसार हमासले बन्धक बनाएकाहरूलाई औषधि उपलब्ध गराउनेछ । त्यसको बदलामा इजरायलले गाजामा थप आधारभूत आपूर्तिहरूलाई अनुमति दिने कतारका अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

एक सय दिनभन्दा बढी समयसम्म इजरायली आक्रमणका कारण गाजाका विभिन्न क्षेत्रमा अवस्था भयावह रहेको बीबीसीको खबरमा उल्लेख छ । यसैबीच अमेरिकाले अब हुने वार्ताले थप बन्धकहरूलाई रिहा गर्न सक्ने कुरामा आशावादी रहेको बताएको छ ।

अमेरिकी मध्यपूर्व राजदूत लगायतका अधिकारीहरु इजरायल र हमासबीच हुनसक्ने थप सम्झौताको सम्भावनाबारे छलफल गर्न कतारमा रहेका ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ताले जानकारी दिएका छन् । अहिलेसम्म भएका छलफलहरू गम्भीर र गहन रहेको भन्दै अमेरिकाले छिटै नै युद्ध अन्त्य हुनेमा आशावादी भएको प्रतिक्रिया दिएको छ ।

प्रतिक्रिया दिनुहोस्