Logo

सामाजिक सञ्जालमा गौशाला २६ को तस्बिर सार्वजनिक गर्ने व्यक्ति पक्राउ



काठमाडौँ, ३ माघ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा पीडित किशोरी गौशाला २६ को वास्तविक तस्विर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले संखुवासभाको चिचिला गाउँपालिका-२ का ३२ वर्षीय केशरमान राईलाई पक्राउ गरी काठमाडौँ ल्याएको हो । राईले सो मुद्दामा काठमाडौँ जिल्ला अदालतको फैसलापछि त्यसबारे टिप्पणी गर्दै सामाजिक सञ्जालमार्फत् पीडित किशोरीको तस्विर सार्वजनिक गरेका थिए ।

त्यसबारे पीडित किशोरीको जाहेरीका आधारमा नेपाल प्रहरीको साइबर व्यूरोले राईलाई चिचिलाबाटै पक्राउ गरेको साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक पशुपति रायले जानकारी दिए । प्रहरीले उनलाई बुधबारै काठमाडौँ ल्याएको छ । प्रवक्ता रायका अनुसार पक्राउ परेका राईविरुद्ध विद्युतीय कारोबारसम्बन्धी कानूनको व्यवस्थाबमोजिमको मुद्दामा अनुसन्धान अघि बढाइएको छ ।

लामिछानेलाई गौशाला २६ लाई बलात्कार गरेको आरोपमा अदालतले दोषी ठहर गर्दै ८ वर्ष कैद र पाँच लाख रुपैयाँ जरिवाना तिराउने फैसला गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्