Logo

गाजामा इजरायली आक्रमण: २५ जनाको ज्यान गयो



इजरायल, ४ माघ । इजरायलले गाजा सहरमा गरेको हवाई आक्रमणमा कम्तीमा २५ प्यालेस्टाइनीको ज्यान गएको छ ।

इजरायली बम विस्फोटमा परेको गाजा सहरको दराज नजिकैको भग्नावशेषबाट २५ जनाको शव निकालिएको प्रतिवेदनले जनाएको छ ।

उक्त आक्रमणमा दर्जनौँ घाइते भएका छन् । गाजस्थित स्वास्थ्य मन्त्रालयले विगत २४ घण्टामा इजरायली फायरबाट गाजा पट्टीमा १६३ प्यालेस्टाइनीको मृत्यु भएको र ३५० जना घाइते भएको बताएको छ । यससँगै स्ट्रिपमा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुने सङ्ख्या २४ हजार ४४८ र घाइतेहरूको सङ्ख्या ६१ हजार ५०४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्