Logo

चिसोले कठ्याङ्ग्रिएर पुलमुनि बस्दै आएका राईको मृत्यु



मोरङ, ४ माघ । चिसोले कठ्याङ्ग्रिएर मोरङको उर्लाबारीमा एक जनाको मृत्यु भएको छ । उर्लाबारी नगरपालिका-६ मावा खोलाको पुलमुनि बस्दै आएका करिब ४० वर्षीय ग्याटिसे भनिने सन्तोष राईको बिहीबार बिहान मृत्यु भएको हो ।

राई लामो समयदेखि उर्लाबारी क्षेत्रमा प्लाष्टिकजन्य सामग्री सङ्कलन गरी जीविकोपार्जन गर्दै आएका थिए । इलामको चुलाचुली घर बताउने राईका आफन्तहरु सम्पर्क आएका छैनन् ।

इलाका प्रहरी कार्यालय उर्लाबारी टोलीले शवलाई पोष्टमार्टमका लागि मदन भण्डारी अस्पताल एवम् ट्रमा सेन्टरमा लगेको छ । पोष्टमार्टमपछि मात्र मृत्युको कारण खुल्ने इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासले बताए ।

प्रतिक्रिया दिनुहोस्