Logo

मणिपुरमा फेरि हिंसा भड्कियो, सेनाका तीन जवानसहित आठ जनाको मृत्यु



भारत, ५ माघ । भारतको मणिपुर राज्यमा फेरि हिंसा भड्किएको छ । केही महिनादेखि कम भएको जातीय द्वन्द्व फेरि हिंसामा परिणत भएको भारतीय अधिकारीले जनाएका छन् ।

हिंसामा पाँच सर्वसाधारण र सेनाका तीन जवानसहित आठ जनाको मृत्यु भएको छ ।

बुधबार तीन प्रहरीको मृत्यु भएको र ६ प्रहरी घाइते भएको क्षेत्रमा त्यसको भोलिपल्ट सेनाका तीन जवान मारिएको जनाइएको छ । सेनासँग भएको झडपमा कयौँ मानिस घाइते भएका छन् । बिहीबार मणिपुरका कयौँ क्षेत्रमा हिंस्रक प्रदर्शन भएको थियो ।

मणिपुरमा आठ महिनादेखि जातीय द्वन्द्व चलिरहेको छ । यस क्रममा २००भन्दा बढीको मृत्यु भइसकेको छ भने ५० हजार मानिस विस्थापित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्