Logo

बलियो कम्युनिष्ट आन्दोलन निर्माणको आवश्यकता ः महासचिव पोखरेल



काठमाडौँ, ५ माघ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकमा बलियो कम्युनिष्ट आन्दोलन निर्माणको आवश्यकता रहेको बताएका छन् । ललितपुर, च्यासलस्थित एमाले पार्टी मुख्यालयमा पार्टी प्रवेश कार्यक्रममा उनले बलियो कम्युनिष्ट आन्दोलनमार्फत गरेर समाजवादको आधार निर्माण गर्नुपर्ने बताए ।

“अब हामीले फेरि वामपन्थी एकताका नाममा नेताका टाउको जोड्ने प्रयत्न गर्यौ भने त्यसको सान्दर्भिकता हुँदैन”, उनले भने, “त्यसले कुनै राष्ट्रिय सामथ्र्यको शक्ति निर्माण गर्न सक्दैन । त्यसैले अब नेताका टाउका होइन कार्यकर्ताको मन जोड्नुपर्छ ।”

महासचिव पोखरेलले मुलुकमा बलियो कम्युनिष्ट आन्दोलनको निर्माण गर्ने र समाजवाद निर्माणको आधार तयार गर्ने उद्देश्यले विगतमा एकताको प्रयास गरिएको बताए । महासचिव पोखरेलले राष्ट्र जोगाउने अभियान र बेथितिविरुद्धको अभियानमा जोडिन उनले सबैमा आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्