Logo

पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष जाकाले दिए राजीनामा



काठमाडौँ, ६ माघ । जाका अशरफले पाकिस्तान क्रिकेट बोर्ड अन्तरिम व्यवस्थापन समिति (आईएमसी) को अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।

पाकिस्तान क्रिकेट बोर्डको व्यवस्थापन समिति (एमसी) को लाहोरको राष्ट्रिय क्रिकेट एकेडेमीमा शुक्रबार बसेको चौथो बैठकपछि अशरफले राजीनामा दिएका हुन् ।

उनलाई गएको जुलाईमा आईएमसीको प्रमुख नियुक्त गरिएको थियो । त्यसपछि पाकिस्तान सरकारले गत नोभेम्बरमा उनले म्याद फेब्रुअरी ४ सम्म थपेको थियो । अशरफले आफ्नो म्याद सकिन दुई साता अघि नै पदबाट राजीनामा दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्