Logo

यु-१९ विश्वकप: नेपाल र न्यजिल्याण्ड भिड्दै



दक्षिण अफ्रिका, ७ माघ । दक्षिण अफ्रिकामा जारी यु-१९ विश्वकपमा नेपालले आज आफ्नो पहिलो खेल न्युजिल्याण्ड विरुद्ध खेल्दै छ ।

खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे बफालो पार्कमा हुनेछ । विश्वकप खेल्न समूह ‘डि’मा परेको नेपालले समूह चरणको पहिलो खेलमा न्युजिल्याण्डसँग खेल्न लागेको हो ।

नेपालले दोस्रो खेल माघ १० गते पाकिस्तानसँग खेल्नेछ भने समूह चरणको अन्तिम खेल माघ १२ गते अफगानिस्तान विरुद्ध खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्