Logo

सभामुखले गरे विषयगत समिति सभापतिहरूसँग छलफल



काठमाडौँ, ७ माघ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्तर्गतका समितिका सभापतिहरूसँग छलफल गरेका छन् ।

आइतबार आफ्नै कार्यकक्ष सिंहदरबारमा सभामुखले सभापतिहरूसँग छलफल गरेका हुन् । छलफलमा समितिमा रहेका विधेयकहरुको अवस्था लगायतका विषयमा कुराकानी भएको बताइएको छ ।

प्रतिनिधिसभा अन्तर्गत १० वटा समितिमा संवैधानिक परिषद्, विद्यालय शिक्षा, टिआरसीलगायत महत्वपूर्ण विधेयकहरू विचाराधीन छन् ।

प्रतिक्रिया दिनुहोस्