Logo

गर्भवती श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ



नवलपरासी, ७ माघ । नवलपरासीको बर्दघाट सुस्ता पूर्व नवलपुरको हुप्सेकोटका ३३ वर्षका शेरबहादुर लम्कामगर गर्भवती श्रीमतीको हत्या आरोपमा पक्राउ परेका छन् ।

आठ महिनाको गर्भ रहेकी श्रीमती ३४ वर्षकी चनिसरा लम्कामगरलाई कुटपिट गरी हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

बिहान १ बजेतिर श्रीमतीको हत्या गरेका मगरलाई उनको घरबाटै पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्