Logo

न्युजिल्यान्डलाई हराउँदै पाकिस्तान क्लिन स्वीप हुनबाट जोगियो



न्युजिल्यान्ड, ७ माघ । पाकिस्तानले अन्तिम तथा पाँचौँ टी-२० मा घरेलु टोली न्युजिल्यान्डलाई ४२ रनले हराएको छ ।

जितसँगै पाहुना टोली पाकिस्तान शृङ्खलामा क्लिन स्वीप हुनबाट जोगिएको छ । शृङ्खला न्युजिल्यान्डले ४-१ ले जितेको हो ।

आज क्राइस्टचर्चमा भएको अन्तिम खेलमा जितका लागि १ सय ३५ रनको सामान्य लक्ष्य पछ्याएको न्युजिल्यान्ड १७ ओभर २ बलमा ९२ रनमा अलआउट भयो । न्युजिल्यान्डका ग्लेन फिलिप्सले सर्वाधिक २६ रन बनाए । त्यस्तै, फिन एलेनले २२ रन जोड्नुबाहेक अरुले राम्रो खेल्न सकेनन् ।

पाकिस्तानका इफ्तिखर अहमदले ३ विकेट लिए भने शाहिन शाह अफ्रिदी र मोहम्मद नवाजले समान २-२ तथा जमान खान र उस्मा मिरले १-१ विकेट लिएका थिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३४ रन बनाएको थियो । पाकिस्तानका मोहम्मद रिजवानले सर्वाधिक ३८ रन बनाए । न्युजिल्यान्डका टिम साउदी, म्याट हेनरी, लोकी फर्गुसन र ईश सोधीले समान २-२ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्