Logo

वर्तमान सरकार पूर्ण रुपमा असफल भयो: उपमहासचिव ज्ञवाली



चितवन, ७ माघ । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले वर्तमान सरकार बहुआयामिक रूपमा असफल भएको बताएका छन् ।

आइतबार चितवनको भरतपुरमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मुलुकका सबै अंगहरू फेल भइसकेको र सरकार पूर्णरूपमा असफल भएको बताएका हुन् ।

उनले वर्तमान सरकारबाट जनतामा नैराश्यता छाएको भन्दै एमाले हस्तक्षेपकारी भूमिका निर्वाहको लागि आन्दोलनमा जान लागेको बताए । उनले वर्तमान सरकारलाई जनताप्रतिको जवाफदेहिता र विश्वास नरहेको र सत्ता टिकाउन शक्ति केन्द्रहरूको भक्तिभाव गर्ने काममा लागि परेको आरोप लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्