Logo

अर्थतन्त्र पुरानै लयमा आइसक्यो: कार्की



संखुवासभा, ७ माघ । पूर्वअर्थमन्त्री तथा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले नेपालको अर्थतन्त्रले गति लिइसकेको बताएका छन् ।

प्रेस युनियन संखुवासभाले आइतबार खाँदबारीमा आयोजना गरेको पत्रकार सम्मेलनमा कार्कीले अर्थतन्त्र लयमा फर्किसकेको दाबी गरेका हुन् ।

विश्वभर कोरोनापछि तहसनहस भएको अर्थतन्त्र विस्तारै लयमा फर्किँदै गरेको र वर्तमान सत्ता गठबन्धन सरकारले अर्थतन्त्र लयमा फर्काउन काम गरिरहेको पूर्वअर्थमन्त्री तथा कांग्रेस नेता कार्कीले बताए ।

अर्थतन्त्रका सूचकहरू सकारात्मक भएकाले यसलाई गतिदिन साधन, स्रोत र सम्भावनालाई केन्द्रमा राखेर सरकारले अर्थतन्त्रलाई अग्रसर गरिरहेको उनको भनाइ छ ।

एमसिसी नेपाललाई प्राप्त भएको सहायता हो, उनले भने ५ वर्षमा सम्पन्न गर्नुपर्छ, बिद्युतको क्षेत्रमा एमसिसी कोशे ढुंगा सावित हुनेछ । व्यापार घाटालाई न्यूनीकरण गर्न र देशलाई समृद्ध गर्न यसले महत्वपूर्ण भूमिका खेल्ने कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्