Logo

मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु



पाल्पा, ८ माघ । पाल्पाको रम्भा गाउँपालिका-१ स्थित कालीगण्डकी करिडोर सडकखण्डको भोवरमा १४प३७५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा गएराति एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रम्भा-१ असेर्दीका २८ वर्षीय हेमन्त जिटी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक एवं प्रवक्ता श्रीराम भट्टले जानकारी दिए ।

मोटरसाइकल सडकदेखि करिब दुई सय मिटर तल खसेको र शव परीक्षण लागि रामपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्