Logo

अर्जुनधारामा महिला मृत फेला



झापा, ८ माघ । झापाको अर्जुनधारामा एकजना महिला मृत अवस्थामा भेटिएकी छन् ।

आज बिहान अर्जुनधारा नगरपालिका-६ बिहानी टोल ब्याडमिन्टन कबर्डहलको गेट छेउमा महिला मृत भेटिएकी जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मृत भेटिएको शव बिर्तामोड नगरपालिका-५ बस्दै आएकी माया मगरको भएको खुलेको छ । मगरको टाउकोमा गम्भीर चोट लागेको बताइएको छ ।

घटनाको थप अनुसन्धानका लागि प्रहरीको अनुसन्धान टोली प्रदेश कार्यालयबाट घटनास्थलमा आइपुग्नेको छ । प्रहरीको अनुसन्धान टोलीले कुकुरसहित घटनामा संलग्न व्यक्तिको खोजी गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्