Logo

सटर बन्द गरेर न्यूरोडका व्यापारी आन्दोलनमा



काठमाडौँ, ८ माघ । काठमाडौँ महानगरपालिकाले न्यूरोडमा गरेको पार्किङ निषेधको विरोधमा न्युरोडका व्यापारीहरूले पसल बन्द गरेका छन् ।

पार्किङ बन्द गरेर व्यापार नहुने र पार्किङ खोल्नु पर्ने विषयलाई लिएर न्युरोडका व्यापारीहरू सटर बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् ।

न्युरोड क्षेत्रको कालोपत्रे सडकमा आजदेखि पार्किङ गर्न निषेध गरिएको छ । काठमाडौँ महानगरपालिकाले आजदेखि सडकमा पार्किङ गर्ने अभ्यासमा रोक लगाउँदै सवारी आवागमनलाई सहज बनाउने प्रयास थालेको हो । पार्किङ निषेध गरिएका स्थानहरूमा ‘नो पार्किङ’ का संकेत चिन्ह राखिएका छन् ।

नयाँ सडक जानु पर्ने सवारी धनीलाई काठमाडौँ टावर (साविक पुरानो बसपार्क) मा निःशुल्क पार्किङको सुविधा उपलब्ध गराइएको महानगर प्रहरी बलका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्