Logo

प्रधानमन्त्री कप क्रिकेट: गण्डकीलाई एक सय ९९ रनको लक्ष्य



काठमाडौँ, ९ माघ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले गण्डकी प्रदेशलाई जितका लागि एक सय ९९ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिबि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको बागमती ४९ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै एक सय ९८ रनमा समेटिएको हो ।

बागमतीका लागि आशुतोष घिराइयाले ४४ रन जोडे भने इशान पाण्डेले ४३ रन बनाए । त्यस्तै विपीन आचार्यले ३८ रन र अशोक पौडेलले ३० रन बनाए । सूर्य तामाङले १५ रन बनाउँदा कप्तान रीत गौतमले १३ रन बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्