Logo

अमेरिका र बेलायतद्वारा यमनमा हवाई आक्रमण



यमन, ८ माघ । युएस-ब्रिटिश गठबन्धनले मध्यरातमा यमनको राजधानी र अन्य प्रान्तहरूमा हुथी शिविरहरूमा आक्रमण गरेको हुथीद्वारा सञ्चालित अल-मसिराह टिभीले मङ्गलबार बताएको छ ।

आक्रमणले पूर्वी सानाको अल-हफा शिविर र उत्तरमा अल-दयलामी एयर बेसलाई निशाना बनाएको थियो । उनीहरूले मध्य प्रान्त अल-बायदाको शहर राडा र दक्षिणपश्चिमी प्रान्त ताइजको मकबानाह क्षेत्रमा पनि आक्रमण गरेका थिए ।

विस्फोट शक्तिशाली भएको र त्यसको आवाज शहरभर सुनिएको स्थानीयले बताएका छन् । हुथीहरूले सोमबार अडेनको खाडीमा रहेको अमेरिकी सैन्य जहाजमा मिसाइल हमला गरेको र प्रत्यक्ष प्रहार गरेको दाबी गरेको केही घण्टापछि यो हमला भएको हो ।

अमेरिकी पक्षले कथित आक्रमणको बारेमा कुनै टिप्पणी गरेको छैन । लाल सागरमा रहेको अमेरिका-बेलायत सामुद्रिक गठबन्धनले यमनका विभिन्न उत्तरी प्रान्तहरूमा हुथी शिविरहरूमा धेरै हवाई आक्रमण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्