Logo

प्रधानमन्त्री कप क्रिकेट: कोशीको लगातार सातौँ हार



काठमाडौँ, ९ माघ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेश लगातार सातौँ खेलमा पराजित भएको छ ।

मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा कर्णाली प्रदेशले कोशीलाई ६ विकेटले हराएको हो ।

कोशीले दिएको १ सय ५२ रनको लक्ष्य कर्णालीले २८ ओभर ३ बलमा ४ विकेट गुमाएर भेटायो । कर्णालीका अर्जन घर्तीले नट आउट ५० रन बनाए । कोशीका हेमन्त राईले ३ विकेट लिएका थिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको कोशी ३४ ओभर ३ बलमा १ सय ५१ रनमा अल आउट भयो । कोशीका सुजन थपलियाले ७३ रन बनाए । कर्णालीका दिनेश अधिकारीले ४ र प्रकाश जैशीले ३ विकेट लिएका थिए । यो जितसँगै कर्णालीले ६ खेलमा ६ अङ्क जोडेको छ । जितविहीन कोशी तालिकाको पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस्