Logo

सेवाप्रवाह चुस्त बनाउन सहरी विकासमन्त्री गुरुङको निर्देशन



तेह्रथुम, ९ माघ । सहरी विकासमन्त्री सीता गुरुङले सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन कार्यालय प्रमुखहरुलाई निर्देशन दिएकी छन् ।

आज तेह्रथुम जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकायका साथै विभिन्न कार्यालयका प्रमुखसँगका बैठकमा मन्त्री गुरुङले कार्यालयहरुले प्रवाह गर्ने सेवा छिटोछरितो र सहज बनाउन निर्देशन दिएकी हुन् ।

मन्त्री गुरुङले जिल्लाका राजनीतिक दलका प्रमुखसँग जिल्लाको समग्र विकासबारे छलफल गरिन् । सहरी विकास मन्त्रालयमार्फत निर्माण हुन लागेको आठराई गाउँपालिकाको शीत भण्डार, महिला सामुदायिक भवन, म्याङलुङको मिनि मार्केट, आठराई गाउँपालिका-९ को वडा कार्यालयको प्रशासनिक भवन शिलान्यास गरेकी छन् । सो अवसरमा उले स्थानीय नागरिकसँग प्रत्यक्ष भेटघाट गरेकी थिइन् ।

मन्त्री गुरुङले आजै लालिगुराँस नगरपालिकामा भइरहेको उद्यौली उभौली मेलाको पनि उद्घाटन गरिन् । मन्त्री गुरुङलाई लालीगुराँस नगरपालिकाको वसन्तपुरमा स्थानीयले नौमती बाजासहित स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्