Logo

जनमतद्वारा मधेस सरकारलाई दिएको समर्थन फिर्ता



जनकपुरधाम, ९ माघ । जनमत पार्टीले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

पार्टीले मंगलबार विज्ञप्ति जारी गर्दै सरकार छाडेको जानकारी दिएको हो । पार्टी प्रदेश संसदीय दलका नेता तथा शिक्षामन्त्री महेशप्रसाद यादवले विज्ञप्ति जारी गर्दै सो जानकारी दिए ।

त्यस्तै पार्टीले जसपा नेतृत्वको मधेस सरकारले मधेसी जनतामाथि गरेको क्रूर दमन र अत्याचार, सीमान्तकृत र दलितमाथि गरेको विभेद, दर्जनौँ काण्ड गरेको आरोप पनि लगाएको छ ।

“चरम भ्रष्टाचार र मधेसमा लादेको जंगलराज र गुण्डाराजको विरोधमा जनमत पार्टीद्वारा समर्थन फिर्तासहित मन्त्रीद्वयको राजीनामा, दमन र भ्रष्टाचारकोविरूद्ध आन्दोलन थालिनेछ,” जनमतले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्