Logo

हाजिर नभएका प्रहरीलाई सम्पर्कमा आउन निर्देशन



काठमाडौँ, १० माघ । प्रहरी प्रधान कार्यालयले एक महिनाभन्दा बढी समयदेखि हाजिर नभएका २४ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ ।

तीन जना प्रहरी सहायक निरीक्षक अर्थात असईसहित २४ जना आफू खुसी हाजिर हुन छोडेको कार्यालयले जनाएको छ ।

उनीहरूको खोजतलास गर्दा पनि सम्पर्कमा नआएकाले प्रहरी प्रधान कार्यालयले सात दिन भित्र स्पष्टीकरणसहित सम्पर्कमा आउन निर्देशन दिएको हो । सात दिनभित्र पनि सम्पर्कमा नआए नियमअनुसार सेवाबाट हटाइने प्रहरी प्रधान कार्यालयले चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्