Logo

नापी सर्वेक्षकसहित तीनजना घुससहित पक्राउ



काठमाडौँ, १० माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरका नापी सर्वेक्षक रामवीर यादवसहित तीन जनालाई घुससहित पक्राउ गरेको छ ।

आयोगको टंगाल कार्यालयबाट खटिएको टोलीले मंगलबार नापी कार्यालय ललितपुरका नापी सर्वेक्षक रामवीर यादव, लेखापढी व्यवसायी दिनेश बन्जारा र विनोद अधिकारीलाई २ लाख ५० हजार रुपैयाँसहित पक्राउ गरेको हो ।

आयोगका अनुसार कित्ताकाट गर्न सहजीकरण गरेको भन्दै घुस मागिरहेको सूचनाका आधारमा आयोगको टोली नापी कार्यालय पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्