Logo

राष्ट्रियसभा निर्वाचन: मौन अविधमा कोइराला निवासमा चियापान



विराटनगर, १० माघ । निर्वाचन आचारसंहिता उलङ्घन गर्दै नेपाली कांग्रेसका नेता शेखर कोइराला निवास विराटनगरमा चियापान कार्यक्रम गरेका छन् ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका नेता कोइरालाले राष्ट्रियसभाका उम्मेदवार कृष्णप्रसाद सिटौलासहित निर्वाचनका मतदाता रहेका प्रदेशसभाका सदस्य र स्थानीय तहका जनप्रतिनिधि बोलाएर चियापान गरेका हुन् ।

शून्य समयको बेला कोइरालाले उम्मेदवार र मतदाता सहभागी गराएर कुनै पनि भेला, भोजभतेर र कार्यक्रम गर्न नपाउने निर्वाचन आचारसंहिता छ ।

त्यसलाई उल्लङ्घन गर्दै कोइरालाले आयोजना गरेको कार्यक्रममा कांग्रेस महामन्त्री गगन थापा, नेता मिनेन्द्र रिजाल, रामहरी खतिवडा, मीनबहादुर विश्वकर्मा, सरिता प्रसाईँलगायत सहभागी भएका थिए भने चियापानमा कांग्रेसका कोशी प्रदेशसभा सदस्यहरू, स्थानीय तहका प्रमुख तथा उपप्रमुख सहभागी भएका हुन् ।

बिहीबार राष्ट्रियसभाको निर्वाचन हुँदै छ । कोशीका दुई सिटमा हुने निर्वाचनमा सत्तारुढ गठबन्धन र एमाले-राप्रपा गठबन्धनबीच प्रतिस्पर्धा हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्