Logo

आपराधिक अनुसन्धानमा नयाँ प्रविधिको प्रयोग बढाउनुपर्छ: मुख्यमन्त्री कार्की



विराटनगर, १२ माघ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले आपराधिक अनुसन्धान प्रक्रियामा नयाँ प्रविधिको प्रयोग गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालय विराटनगरद्वारा आज यहाँ आयोजित आधुनिक समाजमा विधि विज्ञानको वैज्ञानिक प्रमाणको प्रयोग विषयक तीनदिने तालिमको उद्घाटन गर्दै उनले प्रविधि प्रयोगमार्फत जनतालाई छिटो, छरितो र विश्वसनीय जानकारी दिनुपर्ने आवश्यकता औँल्याएका हुन् ।

मुख्यमन्त्री कार्कीले जनतालाई आपराधिक घटनाको अनुसन्धानका विषयमा सत्यतथ्यका आधारमा पारदर्शी ढङ्गले जानकारी दिन निर्देशन दिए । उनले प्रदेशलाई अनुसन्धानमा पहिलो बनाउन सरकारले ऐननियम, कानुन तथा बजेटको कमी हुन दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मुख्यमन्त्री कार्कीले आपराधिक घटना लुकाउने कार्यको अन्त्यका लागि वैज्ञानिक प्रविधिको प्रयोग गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्