Logo

बानेश्वरको सडकमा भासियो बस



काठमाडौँ, १२ माघ । काठमाडौँको नयाँबानेश्वर चोकको सडकमा गुडिरहेको बस भासिएको छ ।

तिनकुनेतर्फबाट रत्नपार्क जाँदै गरेको बा.३ ख.३७६२ नम्बरको बस बानेश्वर चोकमा भासिएको हो ।

सर्भिस लेनतर्फको सडकमा बसको पछाडिको चक्का भासिएपछि बस कोल्टे परेको छ । त्यसलगत्तै यात्रुहरु बाहिर निस्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्