Logo

वेस्ट इन्डिजले २७ वर्षपछि अस्ट्रेलियालाई हरायाे



अस्ट्रेलिया, १४ माघ । वेस्ट इन्डिजले २७ वर्षपछि टेस्ट क्रिकेटमा अस्ट्रेलियालाई हराएको छ । ब्रिसबेनमा भएको दोस्रो टेस्ट क्रिकेटमा वेस्ट इन्डिजले अस्ट्रेलियालाई ८ रनले हराएको हो ।

वेस्ट इन्डिजले दिएको २ सय १६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया २ सय ७ रन बनाउँदा अलआउट भयो । अस्ट्रेलियाका स्टेभिन स्मिथ ९१ रनमा नटआउट रहे । वेस्ट इन्डिजका शमर जोसेफले ७ र अल्जारी जोसेफले २ विकेट लिए । सन् १९९७ पछि पहिलो पटक वेस्ट इन्डिजले अस्ट्रेलियालाई उसकै भूमिमा हराएको हो ।

वेस्ट इन्डिज दोस्रो इनिङ्समा १ सय ९३ बलमा अल आउट भएको थियो । वेस्ट इन्डिजका किर्क म्याककेन्जीले सर्वाधिक ४१ रन बनाए । अस्ट्रेलियाका जोश हेजलवूड र नाथन लायनले समान ३ विकेट लिएका थिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिजले पहिलो इनिङ्समा ३ सय ११ रन बनाएको थियो । वेस्ट इन्डिजका जोशुआ डा सिल्भाले ७९ र कभिम हजले ७१ रन बनाए । अस्ट्रेलियाका मिचेल स्टार्कले ४ विकेट लिएका हुन् ।

अस्ट्रेलियाले पहिलो इनिङ्समा ९ विकेट गुमाएर २ सय ८९ रन बनाउँदा इनिङ्स सकिएको घोषणा गरेको थियो । अस्ट्रेलियाका उसमान खवाजाले ७५, एलेक्स केरीले ६५ र कप्तान प्याट कमिन्सले नट आउट ६४ रना बनाए । वेस्ट इन्डिजका अल्जारी जोसेफले ४ विकेट लिएका थिए । आजको नतिजासँगै २ खेलको टेस्ट क्रिकेट शृङ्खला १-१ को बराबरीमा सकिएको छ । पहिलो टेस्ट अस्ट्रेलियाले १० विकेटले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्