Logo

नाबालकसहित बेपत्ता यमुना मृत फेला



पाँचथर, १५ माघ । आइतबारदेखि बेपत्ता पाँचथरको याङ्वरक गाउँपालिका गणेशचोक छेउ ढाँडगाउँकी २६ वर्षीया यमुना भुर्तेल चापागाईँ मृत अवस्थामा भेटिएकी छन् । २५ दिनको नाबालकसहित बेपत्ता यमुनाको शव आज तमोर नदी किनारमा भेटिएको हो ।

आठराई त्रिवेणी गाउँपालिका-२ माटेको तमोर नदी किनारमा शव भेटिएको हो । शिशुको अवस्था भने अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए ।

आइतबार बिहान ११ बजेतिर घरबाट परेवाडाँडा स्वास्थ्य चौकीमा बच्चालाई खोप लगाउन घरबाट हिँड्एकी उनी साँझसम्म नफर्केपछि उनका श्रीमान् डिल्ली चापागाईँले निवेदन दिएको प्रहरी नायब निरीक्षक लिम्बूले बताए ।

चापागाईँले बोक्ने मोबाइल र लगाएको केही कपडा भने आइतबार तमोर नदी किनारमा भेटिएको थियो । त्यसैको आधारमा प्रहरीसहित स्थानीयले नदी किनारमा खोजी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्