Logo

सिन्धुपाल्चोकमा जिप दुर्घटना: दुई भुटानी नागरिकको मृत्यु, पाँच गम्भीर घाइते



सिन्धुपाल्चोक, १७ माघ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-१ मा जिप दुर्घटना हुँदा घटनास्थलमै दुई भुटानी नागरिकको मृत्यु भएको छ भने पाँचजना गम्भीर घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय हेलम्बुका अनुसार हेलम्बुको दोरिङ भीरबाट बा २ च ४४५० नम्बरको जिप खस्दा भुटानी नागरिकको मृत्यु भएको हो । उक्त जिपमा एक नेपाली चालक र अन्य भुटानी नागरिक सवार थिए ।

उक्त जिप दुर्घटनामा परेर मृत्यु हुनेमा ७१ वर्षीया वान मो, ३३ वर्षीय टग्प गेङ रहेको इप्रका हेलम्बुका प्रहरी निरीक्षक मनोजकुमार श्रेष्ठले जानकारी दिए । गम्भीर घाइते भएका अन्य चार जनालाई हेलम्बु स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

उपचार गराइरहेका चार जना मध्ये तीनजना गम्भीर अवस्थामा रहेका छन् । अधिकांशको टाउको र हातपाउमा गहिरो चोट लागेको छ । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले गम्भीर घाइतेलाई हेलिकप्टरबाट राजधानीमा उपचार गराउन लैजाने तयारी भइरहेको बताए ।

उक्त जिप हेलम्बुको मिलारेपा गुफा जाँदै थियो । गुम्बा जाने कच्ची सडकमा जिप अनियन्त्रित भएर ५० मिटर तल खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्