Logo

यु-१९ विश्वकप क्रिकेट: नेपालद्वारा बङ्गलादेशसामु १७० रनको लक्ष्य



दक्षिण अफ्रिका, १७ माघ । आइसिसी यु-१९ विश्वकप क्रिकेट प्रतियोगिताको सुपर सिक्समा नेपालले बङ्गलादेशसामु जितका लागि एक सय ७० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

नेपालका लागि विशालविक्रम केसीले सर्वाधिक ४८ रन बनाए । उनी अर्धशतक बनाउनबाट मात्र दुई रनले चुके । केसीले एक सय बल खेल्दै ६ चौका प्रहार गरे । यस्तै कप्तान देव खनालले ३५, सुवाश भण्डारीले अविजित १८ तथा अर्जुन कुमालले १४ रन बनाएका थिए ।

बलिङतर्फ बङ्गलादेशका लागि रोहानत दोउल्लाह बोर्सनले चार, शेख प्रवेज जिवनले तीन तथा इकबाल हुसेन इमोन, मरुफ मृधा र जिशान आलमले एक-एक विकेट लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्