Logo

वीर अमरसिंहको वार्षिकोत्सवमा दाता तथा शिक्षक सम्मानित



झापा, १७ माघ । बिर्तामोड नगरपालिका-२ अवस्थित वीर अमरसिंह माध्यमिक विद्यालयको ६६ औं वार्षिकोत्सवमा सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा बिर्तामोड-२ का वडाध्यक्ष किशोरकुमार पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि पूर्व महान्यायाधिवक्ता अग्निप्रसाद खरेल रहेका थिए ।

उक्त कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई झापाका प्रमुख राजकुमार विक, बिर्तामोड नगरपालिकाका शिक्षा अधिकृत केशरबहादुर खवास, विद्यालयका सल्लाहकारहरु प्रेमप्रकाश ओली, देवराज रिजाल, समाजसेवी डिल्लीप्रसाद सिटौला, आदर्श विद्या मन्दिर घैलाडुब्बाका विद्यालय व्यवस्थापन समिति अध्यक्ष चन्द्रमोहन उप्रेती, पञ्चरत्न माविका प्रधानाध्यापक योगेन्द्रमणि दाहाल, नेपाली कांग्रेसका प्रतिनिधि नरेन्द्र खरेल, नेपाल स्काउटकी राष्ट्रिय प्रशिक्षक शिवानी देवानलगायतले मन्तव्य राखेका थिए ।

सो कार्यक्रममा उत्कृष्ट शिक्षक कर्मचारीको रुपमा चन्द्रशेखर तिम्सिना, सुरज ठाकुर, उत्कृष्ट अभिभावक दीपा अधिकारी, ज्येष्ठ नागरिकहरु कादिन बास्के, हरिनारायण आचार्य, दाताहरु लक्ष्मीदेवी गिरी, पार्वता गिरी, कुमार गिरी, केदार गिरी, सुशिला प्रसाई र महेश्वर प्रसाईलाई सम्मान गरिएको थियो । कार्यक्रममा अक्षय कोषको रकमबाट विभिन्न विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको थियो । त्यस विद्यालयमा विभिन्न दाताहरुले करिव २६ लाख रुपैयाँको अक्षय कोष स्थापना गरिदिएको जनाइएको छ ।

विद्यार्थी अनिशा अधिकारीले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक हेमकुमार उप्रेतीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्