Logo

चट्याङ् लागेर एक जनाको मृत्यु



बाजुरा, १८ । बाजुरामा चट्याङ् लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको खप्तड छेडेदह गाउँपालिका-२ गाँज्राका ८४ वर्षीय दलबहादुर बुढा छन् ।

घरमा सुतिरहेको बेला बुधबार राति चट्याङ् परेर बुढाको मृत्यु भएको हो । चट्याङ् लागेर दुई बाख्रा समेत मरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

चट्याङ् परेर बुढा र दुई बाख्रा मरेको भन्ने खबर प्राप्त भएसँगै थप जानकारी लिने गरी आफू घटनास्थलमा जान थालेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख दानसिंह भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस्