Logo

भेरि नदीको खोचमा शव फेला



रुकुमपश्चिम, १८ माघ । रुकुमपश्चिमको चौरजहारीमा एक पुरुषको शव फेला परेको छ ।

चौरजहारी नगरपालिका -३ को कुरलस्थित भेरि नदीको खोचमा बेवारिसे अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) नमराज भट्टराईका अनुसार नदीको खोचमा अड्किएको अवस्थामा शव फेला परेको हो । उनका अनुसार अन्दाजी वर्ष ४० को देखिने, उचाई ५ फिट ६ ईन्च भएको, मोटो शरिर भएको व्यक्तिको शव फेला परेको हो ।

उक्त शवको औलामा किरा परेर दुर्गन्धित भएको बताइएको छ । शवको माथिल्लो शरिरको भागमा आर्मी कलरको टिसर्ट र तल्लो शरिरको भागमा निलो रङ्गको फुल ट्रयाक रहेको डिएसपी भट्टराईले जानकारी दिए

उक्त शवको पहिचान हुन सकेको छैन । उक्त शवको घटनास्थल लाश जाँच प्रकृती मुचुल्का कार्य पूरा गरी पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्लेको शव गृहमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्