Logo

जग्गा हडपेको आरोपमा व्यवसायी चौधरी र थापा पक्राउ



काठमाडौँ, १८ माघ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले व्यवसायी अरुण चौधरी र बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजितनारायणसिंह थापालाई पक्राउ गरेको छ ।

चौधरीलाई आज काठमाडौँको लैनचौर र थापालाई बत्तीसपुतलीबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनले भने, “व्यवसायी अरुण चौधरी र तत्कालीन अध्यक्ष थापालाई पक्राउ गरिएको हो, बाँकी जानकारी पछि सार्वजनिक हुने छ ।”

बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा घोटाला प्रकरणमा निजहरूलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्